निर्मल रैका, धनगढी । देशकै प्रतिष्ठीत लघुवित्त तथा अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) प्राप्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना दिवस मनाएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार स्थापना दिवस मनाएको हो। आजकै दिन अर्थात २०७८ भाद्र १८ गते युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थापना भएको थियो। यसअघि २०५२ साल जेष्ठ १९ गते देखि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड युनिक नेपाल नामक सामाजिक संस्था मार्फत संचालन हुँदै बित्तीय कारोबार गर्दै आएको थियो । त्यसपछी २०७५ साल श्रावण १८ गते देखि नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत प्राप्त गरि बिशुद्ध रूपमा बित्तीय कारोवार गर्दै आएको छ ।
स्थापना दिवसको अवसरमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक लघुबित्त बिज्ञ तथा सामाजिक अभियन्ता डा.गोपाल दहितले अन्तर्राष्ट्रियस्तरको स्मार्ट सर्टिफिकेट प्राप्त गर्न संस्था सफल भएकोमा खुशी व्यक्त गर्दै डा।दहितले यो नेपालको लघुवित्त क्षेत्रकै लागि एउटा ठूलो उपलब्धी भएको बताए । उनले स्थापना दिवसको अवसरमा संस्थालाई यहाँसम्म पुराउनु हुने संचालक समिति,कर्मचारी, समुह सदस्य ,ब्यवस्थापन समिति ,सरोकारवाला निकाय सबैमा धन्यवाद ब्यक्त गरेका छन। त्यसैगरी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.का मानव संसाधन बिभाग प्रमुख मदन चौधरीले महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले कार्य गदै आएको बताए ।
हाल बाँके जिल्लाको कोहलपुरमा केन्द्रिय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पछाडी पारिएको वर्ग थारु, दलित,मुस्लिम,आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका करिब ८३ हजार भन्दा बढी महिलादिदी बहिनीहरुलाइ घरदैलोमा गैइ लघुबित्त सेवा दिदै आएको छ। हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि।ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ३८ वटा शाखा मार्फत सेवा गदै आएको छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले स्थापना दिवस मनायो
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले स्थापना दिवस मनायो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

