काठमाडौँ। हाल सञ्चालन भइरहेको र समय तोकिएका परीक्षाहरु नरोकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जनाएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला त्रिभुवन विश्वविद्यालयले भने अब निर्वाद रुपमा परीक्षा सञ्चालन हुने त्रिभुवन विश्व विद्यालयका परीक्षा नियन्त्रक पुष्प राज जोशीले बताए । ‘सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा त्रिविले परीक्षा रोक्ने भन्ने प्रचार भइरहेको छ त्यो भ्रामक हो’ उनले भने, ‘यसले विद्यार्थीलाई मासिक तनाव पनि सिर्जना हुन्छ, अहिले सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा रोक्ने योजनामा त्रिवि छैन’। उनले सम्पूर्ण विद्यार्थीहरुलाई त्यस्ता खालका दुष्प्रचारबाट भ्रमित नहुन र परीक्षाको तयारीमा लाग्न पनि आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्नातक तह प्रथम वर्षका परीक्षा भइरहेको छ । त्यस्तै आगामी बुधवार अर्थात् साउन २० गतेदेखि पनि स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरु तोकिएका छन् ।
त्रिविले भन्यो- सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा रोकिदैँनन्
त्रिविले भन्यो- सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा रोकिदैँनन्
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

