धनगढी। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३८ जना कोरोनाको संक्रमण देखिएको छ। अस्पतालको प्रयोगशालामा १८६ जनाको नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। सूचना अधिकारी श्रेष्ठका अनुसार हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत रहेका छन्।
पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना संक्रमित निको भएर घर फर्किएकोमा थप ४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन्। ८ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ । भने पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमितको मृत्यु नभएको अस्पतालले जनाएको छ ।

