कञ्चनपुर। कञ्चनपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । दार्चुला स्थित महाकाली नदीमा तुईन तर्ने क्रममा भारतीय अर्धसैनिक सीमा सुरक्षा बल(एसएसबी)ले नेपाली नागरिकको हत्या गरेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियूले कञ्चनपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको हो।आइतबार एमाले नेपाल पक्षीय अनेरास्ववियूले एसएसबीले अमानविय ढङगबाट तुईन काटेर दार्चुलाका नेपाली नागरिक जयसिह धामीको हत्या गरेको भन्दै त्यसको बिरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो ।
नेपाल पक्षीय अनेरास्ववियूका केन्द्रीय सदस्य रमेश पन्तले भारतीय सीमा सुरक्षा बल(एसएसबी) जसले मानव जगतको सुुरक्षा गर्ने हो, उसैलाई तुईन तर्ने क्रममा काटिदिएर हत्या गरेको भन्दै त्यसको बिरोधमा अनेरास्ववियूले महेन्द्रनगरमा मोटरसाईकल ¥याली मार्फत बिरोध प्रर्दशनका साथै भारतीय शासकको पुत्ला दहन गरेको बताए । बेपत्ता भएका धामीलाई सहिद घोषणा, मृतक परिवारलाई क्षतिपूर्ति, राहत एव अमानविय कार्य गर्ने एसएसबीलाई कार्बाहीको माग अघि सारे । ‘यो अत्यन्तै दुखत र जति निन्दा गरेपनि कमै हुन्छ, ‘उनले भने, ‘भारतीय एसएसबीले मानव अधिकारका कोणबाट विश्वभरी बदनामित भयो ।’ मृतक परिवारलाई न्याय, बेपत्ता धामीको खोजी एव क्षतिपूर्ति नदिए भावि दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि नेपालबाटै जनतालाई सहज, सरल पहुँचका लागि सडक निर्माणमा उनले जोडदिए । दार्चुला घटनालाई लिएर महेन्द्रनगरमा दैनिक आन्दोलन जारी राखेका छन ।