धनगढी। धनगढी १८ स्थित फूलबारी बहुमुखी क्याम्पस झडप भएको छ । धनगढी १८ स्थित फूलबारी बहुमुखी क्याम्पस व्यवस्थापन समिति गठनका बिषयमा नेकपा एमाले भित्र बिबाद हुँदा झडप भएको जनाइएको छ । गत साउन ३ गते सर्बदलिय बैठक बसी सहमतिका आधारमा व्यवस्थापन समिति गठन गर्ने सहमती भएको थियो। सोही सहमति अनुसार नेकपा एमाले भित्र आन्तरिक छलफल हुँदै गर्दा क्याम्पसका निबर्तमान अध्यक्ष भुवन रिजाल र नेकपा एमाले अनेरास्ववियुका केन्द्रित सदस्य नेत्र मैनाली बिच बिवाद सिर्जना भएको थियो । छलफलमा सहभागी मैनालीले क्याम्पसका निर्वमान अध्यक्ष रिजालले आफुलाई हातपात गरेको बताए । मैनालीले औँला उठाएर कुरा गरिरहेको र आफुले हात तल मात्र गराएको रिजालको भनाई छ ।
दुबै बिच आरोप प्रत्यारोप भए पनि रिजाले नै मैनालीलाई हातपात गरेको क्याम्पसमा सहभागीहरुले बताएका छन् । मैनालीलाई हातपात गरेको भन्दै आक्रोशित युवाहरु रिजालले सार्वजनीक रुपमै माफी माग्नु पर्ने भन्दै क्याम्पसको प्रसाशनिक भवनमा प्रवेश गरेपछि झडपको अबस्था सिर्जना भएको हो । सोही क्रममा रिजालको निधारमा चोट लागेको छ । झडप छुट्याउने क्रममा बहुलिया सिमा प्रहरी चौकीका ईन्चार्ज बाशुदेब अबस्थीको चश्मा फुटेको छ । उनलाई सामान्य चोटपटक समेत लागेको छ । क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षको लागि नेकपा एमालेबाट कृष्ण पाण्डे र नेत्र मैनालीको चर्चा थियो । क्यम्पसमा समिति गठन प्रक्रियामा बिवादका कारण सहमती नजुटे पछि समिति गठनको प्रक्रिया आगामी १९ गतेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।