धनगढी। कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा ट्रक दुर्घटना भएको छ। अत्तरियाबाट धनगढी आउँदै गरेको ना ६ ख १८४४ नम्बरको ट्रक आज बिहान ४ः२५ मिनेटमा धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा दुर्घटना भएको प्रहरीेले जनाएको छ। धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरियाभन्दा एक किलोमिटर धनगढीतर्फ दुर्घटना भएको हो। ट्रक आफैँ अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। चालक भने फरार रहेका छन् । यस्तै आफै अनियन्त्रीत भएर दुर्घटना भएको ट्रकले रोकीराखेको ना ६ ख ८६३० नम्बरको ट्रकलाई ठक्कर दिदा चालक र सहचालक घाईते भएका छन् । घाईते हुनेमा कैलालीको गोदावरीका ३८ बर्षिय चालक जनक चौधरी र सहचालक कञ्चनपुरको कष्णपुरका १८ बर्षिय कृष्ण चौधरी रहेका छन् । उनीहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको जिल्ला ट्राफीक कार्यालय कैलालीले जनाएको छ। थप विवरण आउन बाँकी छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.