धनगढी। नेपाल परिवारदल सुदूरपश्चिम प्रदेशद्धारा दार्चुला घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसंग माग गरेको छ । नेपाल परिवारदल सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले दार्चुलाको महाकाली नदीमा तुइनबाट युवक खसेर बेपत्ता भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसंग माग गरेको जानकारी दिए । यस्तै नेपाल परिवारदल सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले भारतको यो दानवीय दादागिरी व्यवहार भएको बताउँदै नेपालले अब चुप भएर सहेर बस्न नहुने बताए । यस्तै दादागिरी शैलीमा नेपालले अग्रसरता नदेखाउनु वीर गोर्खालीको बिरता ईतिहांसको पानामा सिमित रहनु दुःखद कुरा हुने समेत सरकारलाई ध्यानाकर्षण गराए। तसर्थ यस घटनालाई सरकारले गम्भिरताका साथ उठानगरि पिडितको परिवारलाई उचित राहातको व्यवस्थापन गर्न र अब, उप्रान्त यस प्रकारका घटना नदोहोरिने बाचा भारत सरकारबाट गराउन नेपाल सरकारले कुनै कसर बांकी नराख्ने र गम्भीर बन्न चेतावनी समेत दिएका छन् ।
उनले भनेका छन्,-घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ, भारतीयले दार्चुलाको ब्यांसीका जय सिंह धामी तुईनबाट महाकाली पार गर्ने क्रममा तुईनकाटी दिंदा बेपत्ता भयको खबर सुन्दा पीडा र आक्रोसको कुनै सिमा नै छैन । यदि त्यो घटनाको नजिक म हुन्थे भने, त्यो एसएसबिको टाउको त्यहिं छिनाली दिन्थें भलै परिणाम जयसिंह धामीकै जस्तो हुन्थ्यो होला ? उनले भने । भारतको यो दानवीय दादागिरी व्यवहार नेपालले कहिलेसम्म सहेर बस्ने ? नेपाल परिवारदल सुदूरपश्चिम प्रदेश संयोजक नागरीले भने । वीर गोर्खालीको बिरता ईतिहांसको पानामा सिमित रहनु अर्को दुःखद कुरा । यस घटनालाई सरकारले गम्भिरताका साथ उठानगरि पिडितको परिवारलाई उचित राहातको व्यवस्थापन गरोस र अब, उप्रान्त यस प्रकारका घटना नदोहोरिने बाचा भारत सरकारबाट गराउनका लागि नेपाल सरकारले कुनै कसर बांकी नराखोस, भनेर उनले आग्रह गर्दै भने । साथै नेपालका राष्ट्रवादी भनाउंदाहरूले यस्तै विपतका वेला राष्ट्रियताको मर्मलाई शिरोपर गरोस। उनले दार्चुला घटनाको सत्यतथ्य छानबिन गर्न सरकारलाई खवरदारी गर्दै भनेका हुन्।
साउन १५ मा ब्यास गाउँपालिका वडा नम्बर–२ खाङदाङ मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय एसएसबीका जवानले तुइनको डोरी काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । ब्यास गाउँपालिका–२ माल बस्ने वर्ष ३३ का जयसिंह धामीको अवस्था अझै अज्ञात छ ।