दार्चुला। दार्चुलामा भारतसँग सीमा जोडिएका क्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न संयुक्त विद्यार्थी संगठनको माग गरेका छन् । संयुक्त विद्यार्थी संगठनले महाकाली नदी वारपार गर्न लगाएको तुइन काटेर एसएसबीले दार्चुलाको ब्यास गाउँपालिका– २ का जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध गरेको हो। सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस, सत्तारुढ दलहरू माओवादी, जसपा, एमाले र जनमोर्चाका विद्यार्थी संगठनले सीमाक्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न पनि माग गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त विद्यार्थी संगठनले शनिबार बिहान ज्ञापनपत्र बुझाएको हो।
संयुक्त विद्यार्थी संगठनका पाँच नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ’दार्चुलाको व्यास गाउँपालिका वडा नं.२ का जयसिंह धामी विदेश जानका लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दछौं, भनिएको छ। धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए ।
एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।