दार्चुला। दार्चुलामा स्थानीयद्धारा महाकाली लोकमार्ग अबरुद्ध पारेका छन् । विद्युतको माग गर्दै स्थानीयले गरे महाकाली लोकमार्ग अबरुद्ध पारेका हुन् । स्थानीयले महाकाली लोकमार्ग बन्द गरेपछि यात्रुहरु अलपत्रमा परेका छन् । महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडकखण्डको चौतलीचोरमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का स्थानीयवासीले सडक अबरुद्ध गरेको जनाइएको छ।
शनिबार विहान ७ बजेदेखि ११ बजेसम्मका लागि महाकाली लोकमार्ग अन्तरगत चैतलीचौर क्षेत्रमा सडक बन्द गरिएको स्थानीयले बताए । विद्युतका पोल गाडीएको चार वर्ष बित्दापनि बिजुली बाल्न नपाएको भन्दै स्थानीय आन्दोलित बनेका हुन्। विद्युत सूचारु गर्न १० दिन अगाडी प्रशासनलाई जानकारी गराएको र सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको स्थानीयहरुले जानकारी दिएका छन् । विहान ७ देखि ११ बजेसम्मका लागि चौतलीचौर सडक अवरुद्ध गर्दा बस, मालबाहक ट्रक, जीप गरेर डेढ दर्जन यातायातका साधन सडकमै रोकिएका र सयौँ यात्रु बिच बाटोमा अलपत्र अवस्थामा रहेका थिए ।