धनगढी। कैलालीमा अवैध रुपमा बालुवा निकाल्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा अवैध रुपमा बालुवा निकाल्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरी सम्झाई बुझाई गरी छोडिएको हो । जिल्ला प्रहरी कार्यालय कैलाली तथा अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले आज बिहान ७ बजे कैलालीको गोदावरी नगरपालिका ९ स्थित खुटिया खोलाबाट अवैध रुपमा बालुवा निकाली रहेको अवस्थामा ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
अवैध रुपमा बालुवा निकाली रहेकोले प्रति ट्याक्टर रू ६ हजारका दरले राजश्व जरिवाना काट्न लगाई सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। अवैध रुपमा बालुवा निकाली रहेको अवस्थामा ९ से २ त २८३५ , से २ त ३६५५, से१ त ५३९७,से १ त २३६८ , से १ त ९६१३, से १ त ८४४९, से १ त ८७५९ , से १ त ५४४९, सु.प.प्र.०१००२ त ५८०७ , सु.प.प्र.०१००२ त ५५४१ र सु.प.प्र.०१००२ त ४७२१ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा कारवाही गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई गोदावरी नगरपालिकाको कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रति ट्याक्टर रू ६ हजारका दरले राजश्व जरिवाना काट्न लगाई सम्झाई बुझाई गरी छोडिएको जनाइएको छ।

कैलालीमा अवैध रुपमा बालुवा उत्खनन् गर्ने ११ वटा ट्याक्टरलाई नियन्त्रण लिई कारवाही गरियो
कैलालीमा अवैध रुपमा बालुवा उत्खनन् गर्ने ११ वटा ट्याक्टरलाई नियन्त्रण लिई कारवाही गरियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

