धनगढी। नेपाल नीजामती कर्मचारी संगठन कैलालीद्धारा शहीद मनोज झपेन्द्र स्मृतीको अवसरमा खाद्यान्न सामाग्री हस्तारन्तरण गरिएको छ । कर्मचारी संगठन कैलालीद्धारा शहीद मनोज झपेन्द्र स्मृतीमा धनगढीको मानव आश्रममा खाद्यान्न सामाग्री हस्तारन्तरण गरिएको हो। नीजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष श्यामराज जोशी, प्रमुख अतिथी सुदूरपश्चीम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री दीर्घ सोडारीद्धारा संयुक्त रुपमा मानव सेवा आश्रम धनगढीमा खाद्यान्न सामाग्री हस्तारन्तरण गरिएको हो। नेपाल नीजामती कर्मचारी संगठन प्रदेश इन्चार्ज रामचन्द्र जोशी, केन्द्रीय लेखा संयोजक जय देव जोशी, मानव सेवा आश्रमका अच्युत घिमिरे लगाएतले मन्तव्य राखेका थिए।
जिल्ला अध्यक्ष श्यामराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष जयकला रावलले गरेका थिए भने सञ्चालन जिल्ला सचिब लक्ष्मण जोशीले गरेका हुन्। कार्यक्रममा बोल्दै सुदूरपश्चीम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीले एमाले एकता संगै कम्युनिस्ट पार्टी मिल्नुको विकल्प नभएको बताएका छन् । नेपाल नीजामती कर्मचारी संगठन कैलाली जिल्ला कार्यसमितिले शहीद मनोज झपेन्द्र स्मृती दिवसको अवसरमा मानव आश्रम धनगढीमा खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री सोडारीले आम कार्यकर्ताको भावना पार्टी एकता तिर भएकाले सोही अनुसार नेतृत्व लाग्नुपर्ने जानकारी दिए ।
सोडारीले सत्ताउन्मादकै कारण दुइ तिहाईको सरकार बचाउन नेतृत्व असफल भएको बताए । उनले भने–‘जनताले कम्युनिष्ट पार्टी लाई दुइ तिहाइ दिए, नेतृत्वमा सत्ता उन्माद भयो, सरकार बचाउन सक्नु भएन । अव पार्टी बचाउनु पर्छ ।’कांग्रेसको जस्तै सत्ता उन्मादले यो अवस्था पुगेका छौ, । अव सबै सम्हलीएर अघि बढनु पर्छ ।’नेकपा एमाले कैलालीका अध्यक्ष समेत रहेको सोडारीले नेपालमा प्रजाजन्त्र प्राप्तीको लागि कर्मचारी संगठनले महत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गरे । लोकतन्त्र प्राप्तीका लागि सहीद हुनु भएका मनोज झपेन्द्र प्रति श्रद्धान्जली व्यक्त गर्दै मन्त्री सोडारीले मानविय सेवामा संगठनले गरेको रचनात्मक कामको प्रशंसा गरे ।