धनगढी। कैलालीको बतासे डाँडा स्थित कर्णाली नदीमा गाडी खसेको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी नायव निरिक्षक पुष्कर पन्तका अनुसार शुक्रबार चिसापानी कर्णाली भन्दा ३ किलोमिटर भित्र पर्ने बतासेडाँडा स्थित कुइने जाने बाटो बाट गाडी खसेको हो । उनले गाडी दुर्घटना पछि तिन जना घाइते फेला परेको र ३ मध्ये २ जनाको अवस्था गम्भिर रहेको र उनिहरुलाइ लम्कि स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि कोहलपुर रेफर गरिएको बताए ।
बोल्न सक्ने एक जनाले गाडीमा अरु २ जना पनि रहेकाले उनिहरु बेपत्त भएको हुन सक्ने आसंका गरिएको प्रहरी नायव निरिक्षक पन्तले बताए । प्रहरी नायव निरिक्षक पन्तले गाडी कर्णाली नदिमा डुवेको अवस्थामा रहेकोले कुन गाडी हो पत्ता लगाउन नसकिएको तथा अहिले गाडी नदिबाट निकाल्ने काम भइरहको बताए ।

