धनगढी। धनगढीमा शिक्षकहरु आफ्ना मागहरु सम्बोधन नभएको भन्दै पुनः आन्दोलित भएका छन्। भने धनगढी उपमहानगरपालीकामा शिक्षकहरु रिलेअनसनमा बसेका छन् । सरकारले आफ्ना विभिन्न मागहरु सम्बोधन नगरेको भन्दै शिक्षकहरु आन्दोलित भएका शिक्षकहरुले जनाएका छन्। उनीहरुका शिक्षक व्यवस्थापन गर्नुपर्ने, बालबिकासको तलब संघिय सरकारले दिनुपर्ने, विद्यार्थीलाई खोप लगाउनुपर्ने लगायतका माग छन् । माग सम्बोधन नभएपछि आफूहरु आन्दोलित हुनु परेको आन्दोलन परिचालन समिति संयोजक तिर्थराज पाण्डेयले जानकारी दिएका छन्।उनले भने, विहान ८ वजे देखि साँझ ४ वजेसम्म धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा रिले अनसन वसेका छौं। ३४ बुँदे माग कार्यान्वयनका लागि देशभरीका ७५३ वटै स्थानीय पालिकाहरुमा शिक्षक महासंघ स्थानीय आन्दोलन परिचालन समितिले रिले अनसन मार्फत सरकारलाई सचेत गराइरहेका छौं,। यस्तै सबै शिक्षक तथा विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिनुपर्ने माग गरिएको छ। आन्दोलनलाई थप सशक्त रुपमा अगाडि बढाउनका लागि धनगढी उपमहानगरपालिकामा रिले अनसन बसेको पाण्डेयले बताए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.