धनगढी। कैलालीमा एक जना युवक पक्राउ परेका छन् । लागु औषध खैरो हिरोइन सहित कैलालीमा एक जना युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । कैलालीको टिकापुर १ नेपाल टेलिकमको कार्यालय नजिकैबाट जानकी गाउँपालीका ६ सुवर्णपुरका २३ बर्षिय देवेन्द्र साउँदलाई लागुऔषध खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय टीकापुर, क्यु.आर.टि टोली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलय अपराध अनुसन्धान समुहवाट खटिएको प्रहरी टोलिले शंका लागी चेक जाँच गर्ने क्रममा ४ ग्राम ७२० मिलिग्राम खैरो हिरोइन बरामद गरेको हो । निजले प्रयोग गरेको बा.०२००२२ प ६४६१ नं.को मोटरसाईकल सहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय टीकापुरमा पठाइएको र उनी माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

