धनगढी। नेपाली सेनाले बुधबार सूचना जारी गर्दै देशका विभिन्न ब्यारेकबाट बख्तरबन्द गाडीको अभ्यास गर्ने जनाएको हो । नेपाली सेनाले देशका चार स्थानमा बख्तरबन्द गाडीहरुको ‘रोड ड्राइभिङ्ग’ अभ्यास गर्ने भएको छ ।काठमाडौंमा भदौमा, सुनसरीमा साउनमा र कैलालीमा साउन र भदौ महिनामा उक्त अभ्यास गर्नेछन्। यस्तै यता कैलालीमा नेपाली सेनाको बोराडाँडी ब्यारक धनगढीले साउनदेखि भदौ सम्म बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । यस्तै आज बिहान धनगढीको बोराडाँडी ब्यारेकबाट सोडारी,मिलनचोक हुँदै पुन ब्यारेकसम्म बख्तरबन्द गाडीहरुको रोड ड्राइभिङ अभ्यास गरीएको छ ।
त्यहि अनुसार धनगढीको बोराडाँडी ब्यारेकबाट साउन १४, २१ र २८ गते तथा भदौ ३, १०, १७ र २४ गते बख्तरबन्द गाडीको अभ्यास गरिने सेनाले जनाएको छ । यस अघि पनि कैलालीमा बख्तरबन्द गाडीहरु कुदाईएको थियो ।काठमाडौं,सुनसरी र कैलालीमा सैन्य अभ्यास गरिने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका सकल दर्जाहरुको सवारी चलाउने क्षमता अभिवृद्धि गर्न रोड ड्राइभिङ अभ्यास गर्न लागिएको हो। स्थानीय प्रशासन र नेपाल प्रहरीसँगको समन्वयमा सैन्य अभ्यास गरिने नेपाली सेनाले बताएको छ। 


