कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। कञ्चनपुर प्रहरीका अनुसार भीमदत्त नगरपालिका-८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको हो।
धामीलाई जिल्ला अदालतले २०६१ माघ १७ गते २ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फरार रहेकी उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेकी धामीलाई अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले जानकारी दिए ।