कञ्चनपुर। महाकाली नदी पारीको नगरपालिका जोड्ने कञ्चनपुरको दोधारा–चाँदनी झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल मर्मत सुरु गरेको हो। दैनिक ६ घण्टा सवारी साधन सञ्चालन रोकेर मर्मत थालिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए।
नगर प्रवक्ता सिजालीले भने, “पुल मर्मत शुरु भएको छ, काम सकिएपछि मात्र पुनः सञ्चालन हुनेछ ।” बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द गरिएको छ । आगामी दुई÷तीन दिनमा काम सकिने लक्ष्य रहेको उनले बताए ।