धनगढी। काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा समस्या आएपछि काठमाण्डौ फिर्ता भएको छ । काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज भरतपुरबाट अचानक काठमाण्डौं डाईभर्ट गरेर आपतकालीन अवतरण गरिएको हो । बुद्ध एयरको 9N-AMD जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।
हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा राखिएको थियो । काठमाडौँबाट बुद्ध एयरको अर्को जहाज धनगढीका यात्रुहरु बोकेर साँझ ६ बजेर ४५ मिनेटमा उडेको छ । हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा राखिएको थियो । साँझको उडान आपतकालीन अवतरण गरिएपछि अर्को विमानमा यात्रीलाई राखेर उडाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

