धनगढी। धनगढीमा साउन १३ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ। धनगढी उपमहानगरपालीकाले सोमबार सुचना जारी गर्दै साउन १३ गतेदेखि १६ गतेसम्म उपमहानगरपालिकामा भेरोसेलको पहिलो मात्रा दिइन लागेको जानकारी गराएको हो। सुचनामा भनिएको छ, कोभिड नियन्त्रण तथा रोकथामका लागी बिभिन्न चरणमा खोप अभियन सञ्चालन गर्ने क्रममा धनगढी उपमहानगरपालीका अन्तरगत कोभिड खोप भिरोसेलको पहिलो मात्रा खोप लगाउने लक्षित ब्यक्तीले निम्न मिती स्थानमा गएर खोप लगाउन अनुरोध गरेको छ । सुचनामा ५५ वर्षदेखि माथिका नागरिक तथा हालसम्म कुनैपनी खोप नलगाएका सम्पुर्ण ब्यक्ती, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाइने जानकारी दिएको छ।
उक्त खोप अभियान सञ्चालन गर्न उपमहानगरले १९ वटा खोप केन्द्र तोेकेको छ। खोप प्राप्त गर्न ५५ वर्ष उमेर समूहकाले आफ्नो उमेर खुल्ने आधिकारी प्रमाणपत्र, विश्वविदालय र विद्यालयको हकमा परिचयपत्र, चालक तथा सहचालकको हकमा सवारी साधन नम्बरसहितको तथ्यगत विवरण प्रमाणीत गरेको यातायात व्यवसायी संघको आधिकारीक प्रमाणपत्र लगेर जानुपर्ने छ। यस्तै खोप अनिवार्य गरेको देश जान लागेकाहरुले पासपोर्ट र भिसा देखाएर खोपको मात्रा प्राप्त गर्न सक्नेछन्।(खोप तालिका )

