धनगढी। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। नेपाल उधोग बाणिज्य महासंघ केन्द्रिय सदस्य तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कुँवरले आफ्नो आइतबार परेको जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका हुन्।जन्मदिनको अवसरमा अध्यक्ष कुँवरले आश्रमका ६२ जना बेसाहारालाई भोजन सेवाका लागि सहयोग गरेका हुन्। आश्रममा रहेका ६२ जना बेसाहारालाई ६ हजार २०० मुल्य बराबरको सहयोग गरेको आश्रमका अभिभावक शिद्धराज पनेरुले जानकारी दिएका छन् । कुँवरले व्यक्तिगत तथा कैलाली उद्योग वाणिज्य संघबाट आश्रमलाई सहयोग गरेकोमा पनेरुले आभार व्यक्त गरेका छन्।
जन्मदिनमा अध्यक्ष कुँवरद्धारा मानव सेवा आश्रमलाई सहयोग
जन्मदिनमा अध्यक्ष कुँवरद्धारा मानव सेवा आश्रमलाई सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

