धनगढी। धनगढी लेडि जेसिजले नयाँ बर्ष २०७८ सालको अवसर पारेर क्यालेन्डर बिमोचन कार्यक्रम गरेको छ । धनगढी लेडि जेसिजले आईतबार क्यालेण्डर विमोचनको कार्यक्रमको आयोजना गर्दै नयाँ बर्ष २०७८ सालको क्यालेन्डर बिमोचन गरिएको हो । क्यालेन्डर बिमोचन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा विधायन समितीका सभापती नेपालु चौधरी र धनगढी लेडि जेसिजका अध्यक्ष निर्मला श्रेष्ठले संयुक्त रुपमा क्यालेण्डरको बिमोचन गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्यनेपालु चौधरीले मन्तव्य राखेका थिए ।
यस्तै कार्यक्रमलाई सम्बोधन ब्यक्त गर्दै धनगढी लेडि जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि निर्मला श्रेष्ठले आगामी दिनमा शाखाको स्तर उन्नतीको लागी आफ्नो तर्फबाट हुनसक्ने सहकार्य र सहयोग गर्ने जानकारी दिइन् । साथै धनगढी लेडि जेसिजका अध्यक्ष निर्मला श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभा सदस्य चौधरीलाई मायाको चिनो तथा बिभिन्न सदस्यहरुलाई क्यालेण्डर समेत प्रदान गरेकी थिईन् ।
साथै क्यालेण्डर बिमोचन कार्यक्रममा सहभागी जनाउने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन्। क्यालेण्डर बिमोचन कार्यक्रममा उपस्थित बर्ष २०२१को सल्लाहकार मातापिता सेवा केन्द्रका अध्यक्ष लक्ष्मि भण्डारी बोर्डका पदाधिकारीहरु, जेसिज, नन जेसिज सदस्यहरु तथा धनगढी लेडि जेसिजका पदाधिकारी लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो।

