धनगढी। धनगढीमा महिलाकोलागि सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण कार्यक्रम सञ्चालन गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिकामा महिलाको लागि सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण कार्यक्रम सञ्चालन गरिएको हो । कोरोना महामारीलाई मध्यनजर गर्दै विपन्न, गर्भवति, किशोर किशोरी लगायतलाई लक्षित गरि युएन ओमिनको आर्थिक सहयोगमा माइती नेपाल लगायतका विभिन्न संघ संस्थाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । कार्यक्रमअन्र्तगत हिँसामा परेका महिला र कोरोनाबाट सुरक्षित रहने सम्बन्धी जनचेतना फैलाउने, गर्भवति महिलालाई पौष्टिक आहार उपलब्ध र किशोरकिशोरीलाई प्याड लगायतका आवश्यक सामाग्री वितरण गरिने माइती नेपाल कैलालीका शिवचरण चौधरीले जानकारी दिएका छन्।
अभियानको आइतबार एक समारोहकाबिच शुभारम्भ गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुर्जन्नास्थित सुकुम्बासी बस्तीका मुक्त कमैया घरपरिवारलाई पौष्टिक आहार वितरण गरिएको थियो । वडा अध्यक्ष माधव रानाले महिलाहरुलाई पौष्टिक आहार वितरण गर्दै शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै वडा अध्यक्ष रानाले कोरोना महामारीसंग जारी निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा जिविकोपार्जन गरिरहेका वर्गहरु मारमा परेको बताए । उनले भने कोरोना महामारीपछि आयस्रोतमा कमी आएको छ । यसले गर्दा विपन्न वर्गहरु मारमा परेका छन । उनीहरुलाई केही राहत होस भनेर संस्थाले चलाएको अभियान उल्लेख्य रहेको छ ।
उनले संस्थाले अहिले कोरोना महामारीप्रति अपनाउनुपर्ने सावधानी आम नगरिकले असचेत बन्दै गइरहेको बताए ।
माइती नेपालका संयोजक चौधरीले अभियान धनगढी उपमहानगरपालिकाका सात वडामा सञ्चालन गरिने बताए । ९० दिनसम्म सचालन गरिने सो अभियानअनर््तगत दैनिक दुई सय ५० बढी घरपरिवारलाई सहयोग गरिने उनले बताए ।

