धनगढी । पहिरो जाँदा सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ। राजमार्ग अन्तर्गत डडेल्धुराको गैरामा पहिरो गएको हो। जिल्लाको आलिताल गाउँपालिका १ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ।
पहिरो पन्छाउनका लागि तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राजमार्ग अवरुद्ध बनेपछी सयौँको संख्यामा गाडी रोकिएका यात्रुहरुले बताएका छन् ।
राजमार्ग अवरुद्ध भएपछि तराईवाट पहाडी जिल्लामा गैरहेका र पहाडवाट तराई आइरहेका त्रुहरु अलपत्र परेका छन् । अहिले पहिरो हटाउने काम भैरहेको प्रहरीले जनाएको छ ।