कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।भने एक जना घाईते भएका छन्। बिहीबार से१प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका –१० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका खुनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति नै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
खुनासंगै हिँडिरहेकी उनकी श्रीमती विष्णू खुना गम्भीर घाइते भएकी छिन् । उनको मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ ।मोटरसाइकल चालक वेदकोट नगरपालिका-५ का २६ वर्षीय धन बहादुर ओखेडालाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।