धनगढी। धनगढी लेडि जेसिज परिवारले बकर इद (इद उल अजहा) पर्व सभ्य एवं भब्य तरिका सहित मनाएका छन्। बुधबार मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद उल अजहा)को अवसरमा आपसी मेलमिलाप,सामाजिक सदभाबको कामना सहित धनगढी लेडि जेसिज परिवारले इद स्पेसल कार्यक्रमको आयोजना गरि मनाएका हुन्। धनगढी लेडि जेसिजका अध्यक्ष जेसि निर्मला श्रेष्ठले धनगढी लेडि जेसिज देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा सुख,शान्ति र संमृद्धिको शुभकामना ब्यक्त गर्दै मनाएको जानकारी दिईन् ।यस्तै, नेपालीले मनाउने प्रत्यक पर्बले आपसी मेलमिलाप,सामाजिक सदभाब,प्रेम र नेपालीको एकता थप बलियो बनाउने बिश्वाश ब्यक्त गरेर सम्पुर्ण सदस्यहरुको उपस्थितिमा बकर इद मनाएको जानकारी दिइन् । कोहि पनि हामी फरक होईन सम्पुर्ण नेपाली हामी यहि ठाउँको दाजुभाई दिदीबहिनी हौं भनेर बकर इदमा माया प्रेम साटासाट गरेर मनाएका छौँ, उनले भनिन्। यस्तै धनगढी लेडि जेसिजका संयोजक जेसि रिजवाना खातुनले बकर इदको सबैमा सुख,शान्ति र संमृद्धिको शुभकामना ब्यक्त गरेकी छिन् । यस पर्वले आपसी मेलमिलाप,सामाजिक सदभाबको कामना सहित धनगढी लेडि जेसिजले सम्पुर्ण सदस्यहरुको उपस्थिति बकर इद मनाएको हो, भनिन्। धनगढी लेडि जेसिज परिवारले समाजमा बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.