दार्चुला। दार्चुलामा ढुंगा लागेर हाइड्रोपावरमा कार्यरत ओभरसियरको मृत्यु भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका ५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियर गणेशसिह बोहराको ढुंगा लागेर मृत्यु भएको हो। हाइड्रोपावरमा पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । अपिहिमाल गाउँपालिका ३ घर भएका बोहरा निर्माणाधीन १० मेगावट मकरीगाड हाइड्रोपावरमा ओभरसियरको रुपमा कार्यरत थिए । निर्माणको काम चलिरहेको बेला ढुंगा लागेर बोहराको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
दार्चुलामा ढुंगा लागेर हाइड्रोपावरमा कार्यरत ओभरसियरको मृत्यु
दार्चुलामा ढुंगा लागेर हाइड्रोपावरमा कार्यरत ओभरसियरको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

