धनगढी। धनगढीमा भाडादर नराख्ने र कागजपत्र नबोक्ने अटो रिक्सा कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले बुधवार भाडा दर नराख्ने र कागजपत्र नभएका ३१ अटो रिक्सालाई कारबाही गरेको हो । १० वटा कागजपत्र नभएका र अन्यले भाडा दर नराखेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले भने कारबाहीमा परेका अटो रिक्साबाट जरिवाना लिइएको जानकारी दिए । पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरिरहेको छ । भाडादर नराखेर यात्रु ठगिने गरेको भन्दै अनिवार्य रूपमा दुरी अनुसारको भाडा दर राख्न ट्राफिक प्रहरीले निर्देशन दिइसकेको छ
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.