धनगढी। जन्मदिनको अवसरमा दारी ग्याङ सुदूरपश्चिम प्रदेश संयोजक दिनेश बोहराद्धारा दृस्टी फाउन्डेसनलाई सहयोग गरिएको छ । लामो समय देखी सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह दारी ग्याङ सुदूरपश्चिम प्रदेश संयोजक दिनेश बोहराको जन्मदिनको अवसरमा दृस्टी फाउन्डेसनमा रहेका सडकमा रहेका मानसिक बिरामी महिलाहरुलाई एक छाक खाना खुवाउने रकम हस्तारन्तरण गरेका हुन्
दारी ग्याङ प्रदेश संयोजक बोहराले भने, जन्मोत्सवको अवसरमा सडकमा रहेका मानसिक बिरामी महिलाहरु को संरक्षण,रेखदेख तथा अभिभाकिय भुमिका निर्वाह गर्दै आईरहेको दृस्टी फाउन्डेसनलाई दक्ष अनुसार एक छाक खान भए पनि सहयोग गर्न पाउदा खुसि लागेको छ। बोहराले फाउन्डेसन कि अध्यक्ष कल्पना भट्टलाई एक छाक खाना खुवाउने रकम हस्तान्तरण गरिएको जानकारी दिए । जन्मदिनको अवसरमा सहयोग गरेकोमा फाउन्डेसनका अध्यक्ष भट्टले धन्यवाद ब्यक्त गरीन् । दारी ग्याङले समाजका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको जनाइएको छ।

