धनगढी। कैलालीमा आर्थिक बर्ष २०७७/७८ मा विभिन्न अपराधजन्य घटनाहरुमा केही कमी आएको छ । गत बर्षको तुलनामा यस बर्ष ४ दशमलव ३८ प्रतिशतले अपराधजन्य घटनाहरुमा कमी आएको हो । यस बर्ष जिल्लामा १ हजार ३०७ वटा मृद्धा दर्ता भएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले देखाएको तथ्याङ्क अनुसार यो संख्या गत बर्षको तुलनामा ४ दशमलव ३८ प्रतिशतले घटेको हो । समग्रमा अपराधजन्य घटनाहरु कमी आएको देखाएपनि कतिपय घटनाहरु बढेका छन । गत बर्ष १ हजार ३६७ वटा मुद्धाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए भने यो बर्ष १ हजार ३०७ वटा मुद्धा दर्ता भएका हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक ९एसपी० विश्व अधिकारीले गत बर्षको तुलनामा यस बर्ष जिल्लामा अपराधजन्य घटनाहरुमा कमी आएको जानकारी दिए । उनले सार्वजनिक अपराधहरु गत बर्षको भन्दा ४३ दशमलव ३३ प्रतिशतले घटेको बताए । गत बर्ष ४७७ वटा सार्वजनिक घटनाहरु दर्ता भएकोमा यस बर्ष २५६ वटा घटनाहरु दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । यस्तै आत्महत्याका घटना गत बर्षको तुलनामा २० दशमलव २७ प्रतिशत, जबरजस्ती करणी ११ दशमलव ९५ प्रतिशत, चोरी ९ दशमलव ०९ प्रतिशत, सवारी दुर्घटना ६ दशमलव ५५ प्रतिशत, बहुविवाह ६५ दशमलव ५१ प्रतिशत र जबरजस्ती करणी उद्योगका घटना ४६ दशमलव ४२ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ । हेर्नुहोस् अपराधको अवस्था के छ ?