अछाम। अछामको ढकारी गाउँपालिकामा तालाबन्दी गरिएको छ । शुक्रवार स्थानीयले गाउँपालिकामा ताला लगाएका हुन् । विकास निर्माणका योजनाको रकम नदिएको, आफूखुसी योजना बनाई विल भुक्तानी गरेको, सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै शुक्रवार गाउँपालिकामा ताला लगाएका हुन् । यता गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बिसीले गाउँपालिकामा तालाबन्दी भएको विषयमा आज बैठक बस्ने र यस विषयमा थप बुझ्ने बताए।
गाउँपालिकामा विकास निर्माणका काम गरेका ठेकेदार सर्वसाधारणलाई लामो समय देखि पारिश्रमिक गाउँपालिकाले दिन नसकेको पनि स्विकार गरे । गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच पनि विवाद हुँदा गाउँपालिका द्धन्दमा फसेको जनाइएको छ। गाउँपालिका भवनको प्रहरीले सुरक्षा दिइरहेको छ । यस्तै गाउँपालिकामा ताला लगाइएको विषयमा समाचार सङ्कलन गर्न गएका पत्रकार माथि पनि दुर्व्यवहार भएको छ ।