धनगढी। सुदूरपश्चिमका शिक्षकहरु पुनः आन्दोलित भएका छन्। पेशागत हकहित तथा शिक्षाको गुणस्तर सुधारको माग गर्दै शिक्षकहरु आन्दोलित भएका हुन्। शिक्षकहरुका ३० बुदे माग सम्बोधन गर्ने गरी सम्झौता भएपनि कार्यान्वयन नहुदा पुनः आन्दोलित हुनु परेको उनीहरुले बताएका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठनका सुदूरपश्चिम इन्चार्ज सुमन कुमार न्यौपानेले आफ्ना विभिन्न ३४ बुदे मागलाई अघि सारेका छौँ । विगतमा शिक्षकहरुका ३० बुदे माग सम्बोधन गर्ने गरी सम्झौता भएपनि कार्यान्वयन नहुदा पुनः आन्दोलित हुनु परेको छ, उनले भने । ‘हामीसँग भएको सम्झौता कार्यान्वयन नभएपछि मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छौं।’ उनले जानकारी दिए ।
यता, शिक्षक महासंघका धनगढी नगर उपाध्यक्ष तिर्थराज पाण्डेयले निजामति कर्मचारी र शिक्षक वीचको विभेदको अन्त्य हुनुपर्ने माग रहेको निस्कर्ष हो। पटक पटकको ध्यानाकर्षणका बाबजुत पनि सरकारले आफुहरुको मागप्रति कुनै चासो नदेखाएको अब तत्काल यसबिषयमा सरकारको ध्यान जानुपर्छ, नगर उपाध्यक्ष पाण्डेयले जानकारी दिएका छन् । यस्तै सरकारले आफ्नो आवाज अझै नसुने थप आन्दोलन गर्ने शिक्षकहरुले चेतावनी दिएका छन्। नेपाल शिक्षक महासंघ संघीय कार्यसमितिको चौथो चरणको आन्दोलन अन्तर्गत नेपाल शिक्षक महासंघको प्रदेश स्तरिय धर्ना कार्यक्रम बिहान सुदुरपश्चिम प्रदेस मुख्य मन्त्री कार्यालय अन्तरगत धर्ना दिएका हुन् । शिक्षकहरुले आफ्ना ३४ बुदे मागमा विद्यालय कर्मचारीको तलव सुविधा, बालविकास शिक्षको तलव सुविधान, शिक्षक बढुवामा देखिएको समस्या समाधान लगायतका मागहरु अघि सारेका छन् । यस्तै राहत शिक्षकहरुलाई कोटा तथा नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक र गुणस्तरि बनाउनु पर्ने जोड माग उनीहरुले राखेका छन् ।