धनगढी। कैलालीमा जारी निषेधाज्ञा साउन ११ गतेसम्म फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ११ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा उल्लेख छ। निषेधाज्ञामा सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ। सार्वजनिक सवारी साधन र नीजि सवारी साधन यथावत रुपमा सञ्चालन हुनेछन्।जिल्लामा कोरोना रोकथामका लागि प्रशासनले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु गरेको हो । यस्तो छ प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेश…