धनगढी। गएराति देखीको अबिरल बर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालीका र गोदावरी नगरपालीका बिभिन्न स्थान डुवानमा परेका छन् । कैलालीमा बुधबार रातिको भारी वर्षापछि ६६ घरपरिवार डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार धनगढी उपमहानगरपालीका १३ का २८ घरपरिवार तथा गोदावरी नगरपालिका वडा नम्बर ४ र १ का ३८ घरपरिवार डुबानमा परेकोे जानकारी दिए । यता धनगढी उपमहानगरपालीका १३ श्रृलङकाका २८ घरपरिवार बिस्तापित भएर नजिकैका बिद्यालयमा गएर बसेका छन् ।
यद्यपी गोदावरी नगरपालिका वडा नम्बर ४ र १ का ३८ घरपरिवार डुबानमा परेकोे र बिहान भन्दा अहिले पानीको सतह कम भएकाले पुनः घरमै बसेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले घरभित्र पानी पसेपछि सामान्य क्षति भएको बताए । डिएसपी विष्टले भारी वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढी घरभित्र पसेको बताए। उनले भारी वर्षा पर्ने सम्भावना अझै रहेकोले डुबानमा पर्ने जोखिम ठाउँका स्थानीयहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

