काठमाडौं। एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिकालागि बसन्त भट्टले उम्मेदवारी दिएको घोषणा गरेका छन् । एनआरएनए अष्ट्रेलिया, आगामी कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनका लागि बसन्तराज भट्टले आफ्नो उम्मेदवारी दिएको घोषणा गरेको जानकारी दिएका हुन। भट्टले एसीसी एनआएन एसीटी सदस्य पदका लागि आज उम्मेदवारी दर्ता गराएको जानकारी दिए। निर्वाचन जुलाई ३१ तारिकमा हुदैछ ।
उम्मेदवारी घोषणा गदै भट्टले आउदो कार्यकाल २०२१-२०२३ का लागि हाम्रा एजेण्डाहरु र हामीले गर्ने प्रतिबद्दतासहित आउने बताए । एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने चाहना पुरा गर्नका लागि एनआरएनहरूको सहयोगको अपेक्षा गरेको बताए । उनले भने “साझा एनएनआरएनए” वास्तबमै हामि सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमूख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदाएका सबैलाई अपनत्व प्रदान गर्ने नै हो । त्यसका लागि सबै मिलेर प्रतिबद्द भएर काम गर्न समेत उनले आग्रह गरेका छन् ।भट्टले सूचना प्रविधि र प्रणालीमा मास्टर,इलेक्ट्रोनिक्स र संचार ईन्जिनियरिङमा स्नातक गरीसकेका छन् ।