कञ्चनपुर। कञ्चनपुरमा पेट्रोलियम पदार्थको मुल्य वृद्र्धिको बिरोधमा पम्प बन्द गरिएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको बिरोधमा पाँच बिद्यार्थी सङ्गठनले केन्द्रमा बृद्र्धि गरिएको मुल्य फिर्ताको माग अघि सारेर आन्दोलन गरिरहेका बेला कञ्चनपुरमा समेत पेट्रोल पम्प बन्द गराएका हुन् । केन्द्रिय कार्यक्रम अनूरुप कञ्चनपुरमा बुधबार अखिल क्रान्तीकारीले पेट्रोल पम्प बन्द गराएको हो ।
अखिलक्रान्तीकारी कञ्चनपुरका अपाध्यक्ष प्रेम रावलले क्रान्तीकारीको अगुवाईमा नेविसंघ, नेपाल समुहको अनेरास्ववियु अखिल, जसपा यादव भट्टराई पक्षिष् बिद्यार्थी संघ सङ्गठनले बन्द गराएका हुन् । अखिल क्रान्तीकारीले जनताको ढाड सेक्ने गरीआयल निगमले इन्धनको मुल्य बृद्र्धि गरेर कोरोना महामारीबाट संकटमा परेका जनतामाथी भार थुपारेको बताएका छन् । क्रान्तीकारी कञ्चनपुरका अर्का नेता सङ्गठनले अघि सारेको माथमा बेवास्ता गर्दै पेट्रोल पम्प खोलेर इन्धन बिक्री गरे कार्बाहीको चेतावनी दिएका छन् । इन्धनको मुल्य बृद्र्धिसंगै बिद्यार्थी संघ सङ्गठन आन्दोलित भएका छन् ।