धनगढी। गएराति देखीको अबिरल बर्षाका कारण कैलालीको गोदावरी नगरपालीकाका बिभिन्न स्थान डुवानमा परेका छन् । निरन्तर बर्षाका कारण गोदावरी नगरपालिकको वडा नं १ र २ मा पर्ने अत्तरिया बजार क्षेत्र जलमग्न भएको छ भने अन्य भित्रि गाउँहरु डुवानमा परेका छन् । यस्तै, भारी बर्षाका कारण भालू खोलामा पानीको बहाव बढ्दा गोदावरी ४ बास्कोटामा १० घर डुबानमा परेका छन् भने उत्तर बनखेतका ४ घर डुबानमा परेका छन्। घर भित्र पानी पसेर पुरै सामान बगाउन थालेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय मालाखेतीवाट प्रहरीको टोली त्यहाँ गएर घर भित्र रहेका खाध्यान्न , लत्ताकपडा लगाएतका अत्यआवश्यक सामानहरू सकुशल बाहिर निकालेर उद्धारमा खटिएको थियो ।निरन्तरको बर्षाले स्थानियको घरमा बस्न नसक्ने अबस्था बनाएको छ । यता गोदावरी २ को तेघरीमा पनि स्थानियको घरमा पानी पसेको छ भने अत्तरिया बजार जलमग्न बनेको छ । अहिले पानी आउने क्रम रोकिएकाले स्थित बिस्तारै समान्य बन्दै गएको जनाइएको छ ।