धनगढी। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले ईलाका प्रहरी कार्यालय सुखडको अनुगमन गरेकी छिन । सोमबार मन्त्री जोशी सहितको टोलीले उक्त प्रहरी कार्यालयको अनुगमन तथा निरिक्षण गरेको हो । प्रदेशका विभिन्न जिल्लाका कारागारको अनुगमन तथा निरिक्षण गर्दै मन्त्री जोशीले आज ईलाका प्रहरी कार्यालय सुखडको पनि अनुगमन गरेकी हुन ।
ईलाका प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै मन्त्री जोशीले त्यहाँ कार्यरत प्रहरीलाई समसामयिक विषयमा निर्देशन समेत दिएकी छिन । प्रहरी कार्यालयको अनुगमन तथा निरिक्षण मन्त्री जोशी सहित प्रदेश सभा सदस्य अमर साउँद लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । मन्त्री जोशी आफ्नो मन्त्रालय मातहत रहेका विभिन्न सरकारी कार्यालयको निरिक्षण तथा अनुगमनमा व्यस्त रहेकी छन्।