धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषद्ले सोमबार ८ जना युवाहरूलाई सम्मान गरेको छ । प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी देखि विश्व कीर्तिमानी सम्मले सम्मान पाएका छन् । सम्मान पाउनेहरूमा शरीरका बिभिन्न ७ वटा अङ्गले लेख्न सक्ने मनोज कुमार चन्द, लागूपदार्थ तथा दुब्र्यसनीमा रहेका युवाहरूलाई पुनर्स्थापना गर्दै आएका कल्पिस कुँवर, युवा उद्यमी मानसिंह साउद, अन्तर्राष्ट्रिय खेलाडी प्रकाश कुमार चन्द, पर्यटन व्यवसायी योगेन्द्र बम, आदर्श युवा क्लब, वन्य जन्तुको खोज र वातावरण संरक्षणमा केन्दीत धिरेन्द्र चन्द र विश्व कीर्तिमानी मुकेश जोशीलाई सम्मान गरिएको हो । जोशीले १२४ घण्टा २० मिनेट अर्थात् ६ दिन ५ रात निरन्तर बढेर विश्व कीर्तिमान कायम गरेका थिए ।
उनीहरूलाई मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मना साउँदले नगद ३५ हजार सहित दोसल्ला र कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए ।
सम्मान पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले युवा प्रद्रेशका गहना भएको बताए । युवाको लगानी प्रदेशमै हुनुपर्छ र आफ्नै प्रदेशका लागी केही गर्नुपर्छ भन्ने जाँगर पलावश भनेरनै यो सम्मान कार्यक्रम राखिएको भट्टले बताए । मुख्यमन्त्री भट्टले भने “युवाहरुलाई हामी आफ्नै प्रदेशमा केही गर्न प्रेरित गरिरहेका छौँ धेरै गर्न नसकेपनि क्षमता अनुसार सरकारले गर्ने छ युवाहरुलेपनि आफ्नै प्रदेशमा केही गर्नुपर्छ भन्ने सोच बनाउनुपर्छ अनी मात्रै बिकास हुन्छ ।” हामी आफ्नो ठाउँको बिकासमा भन्दा बढी अरुलाई गाली गर्नमा र सामाजिक सञ्जालमा ब्यस्त हुन्छौँ उनले भने “हामी आफैले केही गरे प्रदेश बन्छ देश बन्छ भन्ने किसिमको मनसाय सबैले बनाउनुपर्छ एउटा ब्यक्तीले मात्रै गरेर प्रदेशको बिकास सम्भव छैन यसका लागी सबै एक हुनुपर्छ ।”
कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक बिकास मन्त्री लाल बहादूर खड्काले युवाको जवानी प्रदेशमा लगानी भन्ने कार्यक्रमनै ल्याएर सरकारले युवाहरुलाई लगानी गरिरहेको बताए । युवा बिना देश बिकास असम्भव छ त्यस कारण युवाहरुको क्षमता अभिबृद्धी देखी लिएर लगानी गर्नुपर्ने कुरामा हामी गर्छौ उनले भने “भोलीको नेतृत्व गर्ने युवा नै हो आर्थिक बिकास देखी सबै क्षेत्रको बिकासमा युवाको भुमिका रहन्छ त्यसैले हामी सबैले सहकार्य गरी सुदूरपश्चिमको मुहार फेर्नुछ ।”
प्रदेश युवा परिषद सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले युवा परिषद गठनको पहिलो काम युवा पुरस्कार राखेको बताए । अहिले सामान्य कार्यक्रम आयोजना गरी प्रतिनिधिमुलक युवाहरुलाई सम्मान गरिएको उनले बताए । कुँवरले भने “युवा बिना देश बिकास असम्भव छ युवाहरुको यो मेहेनतलाई सरकारले कद गर्नेपर्छ यस कारण समाजमा मेहेनत गर्दै आर्थिक र सामाजिक क्षेत्रमा काम गरिरहेका केही युवालाई सम्मान गरेका हौँ यसलाई निरन्तरता दिनेछौँ ।”