दार्चुला। दार्चुलाको नौगाडमा थुनिएको नदी खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । दार्चुलाको नौगाडमा बाढी पहिरोका कारण थुनिएको नदी खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको हो। असार २५ गते आएको बाढि पहिरोका कारण नौगाड गाउँपालिका ३ मा जामिरमा नदी थुनिएको हो । स्थानीयले थुनिएको नदी खुलाउन प्रयास गरेपनि नदी खुलाउन नसकेपछि सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।
थुनिएको नदी खुलाउन सुरक्षाकर्मीको टोली नौगाडको जामीरमा पुगेको स्थानीय चन्द्रावती ठगुन्नाले जानकारी दिइन् । उनले भनिन् ‘नदी खुलाउन सुरक्षाकर्मीको टोली पुगेको छ । यसअघि स्थानीयहरुले पनि नदी खुलाउने प्रयास गरेका थिए । तर सफल हुन सकिएन् ।’ नौगाड क्षेत्रमा बाढी आएपछि त्यहाँका स्थानीयहरु अहिले समस्या परेका ठगुन्नाले बताइन् । थुनिएको नदी खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली नौगाड पुगेको हो ।