धनगढी। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका कर्मचारीबाट दुव्र्यवहार भएको आरोप लागेको छ । मिटर जडानका लागि नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र पुग्दा कर्मचारीबाट दुव्र्यवहार भएको आरोप लागेको जनाइएको छ । वितरण केन्द्रका इन्जिनियर रोशन ठाकुरले धनगढी उपमहानगरपालिका–७ का नन्दराज भट्टमाथि दुव्र्यवहार गरेको आरोप लागेको हो। भट्ट अपाङ्गता भएका व्यक्ति हुन्। मिटर डानका लागि प्राधिकरणसंग पटकपटक सम्पर्क गर्दा फोनबाट घुस मागेको र कार्यालयमा, पुग्दा अभद्र व्यवहार सहन परेको भट्टले बताए।
उनी भन्छन्, ‘मिटर जडानका लागि नाम वीनाको एउटा नम्बर दिइएको थियो। उक्त नम्बरमा ३/४ दिनदेखि फोन गर्दा उनले भ-याङ्ग सिडी छैन भाडामा ल्याउनुस वा सिडि खोज्नुस तब मात्रै जोड्न आउँछु भन्यो। घुस पनि माग्यो। त्यसपछि कार्यालयमा पुगेको थिए।’ कार्यालयमा पुग्दा समस्याबारे बताएपछि इन्जिनियर ठाकुरले तपाई अमेरीकामा बस्नुहुन्छ कि नेपालमा बस्नुहुन्छ भनेर गालीगलौज गर्दै दुर्वव्यवहार गरेको भट्टले बताए। यता विद्युत प्राधिकरणका इन्जिनीयर रोशन ठाकुरले आरोप गलत रहेको बताएका छन्। उनले सुरुमा भट्टले नै अपशव्द प्रयोग गर्दै मुख छोडेको बताए। उनले भने, ‘सुरुमा उनले नै मुख छोडेका हुन्। कार्यालयमा भ¥याङको समस्या छ। भ-याङ्ग खोज्नुस मिटर जडान गर्दिन्छौँ भनेका थियौँ। तर उनी कार्यालयमै पुगेर कराउन थाले।’


