दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले घर बगेका छन् । प्रहरीका अनुसार नौगाडको वडा नम्बर ३ जामिरका स्थानीय नन्दु ठगुन्नाको घर बगेको र गोठे टमटाको घर उच्च जोखिममा परेको छ । अरु घरहरु पनि पहिरोको जोखिममा परेको बताइएको छ । पहिरोमा तिन जना बेपत्ता रहेको जनाइएको छ । बुधबार रातीको अबिरल बर्षाका कारण घरहरुका साथै स्थानीय लघुजलविद्युतमा समेत क्षती पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए छ ।
घटनास्थलमा अहिले स्थानीयका साथै दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटिएर उद्धार कार्य भइरहेको उनले बताए । । खारको गुन्ढाडु खोला, खारखोलाले पारिखार, सितोलिबगड, ओखलधार र गुन्ढारु खोलाले जामिरको लधुजलबिधुत, पुल लगायत संरचनामा क्षती पुर्याएको छ । जामिरको झोलुगें पुल पनि विस्तापित भएको जानकारी आएको छ । नौगाड क्षेत्रमा टेलिफोनले राम्रो संग काम नगरेको कारण क्षतीको विस्तृत विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


