दार्चुला। दार्चुलाको अपि हिमालमा स्काभेटर दुर्घटनामा चालकको मृत्यु भएको छ। दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाड तिङला स्थित भित्री कच्ची सडक खण्ड अन्तर्गत मकरीगाड हाड्रोपावर कम्पनीको जेसिबि दुर्घटना हुदा चालकको मृत्यु भएको हो । सडक सफा गर्ने क्रममा बुधबार ३ः३०बजे दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका आग्ररा बस्ने वर्ष २८ का चालक विशन रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए।सु.प्र ०१०० क १६०४ नम्बरको स्काइभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई घटनास्थलबाट उपचारका लागि मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकी ल्याउने बेला मृत्यु भएको सुचना अधिकारी चन्दले जानकारी दिए ।
दार्चुलाको अपि हिमालमा स्काभेटर दुर्घटना, चालकको मृत्यु
दार्चुलाको अपि हिमालमा स्काभेटर दुर्घटना, चालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

