धनगढी। कैलालीमा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन १ गतेसम्मलाइ निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा उल्लेख छ। कैलालीमा जारी परिमार्जनसहितको निषेधाज्ञा आजदेखि लागू हुुने भएको छ । जस्मा जिल्लामा सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर हटाइएको छ भने होटल रेष्टुरेण्ट लगायत चिया नास्ताका पसलहरु खूल्नेछन् ।
यस्तै, सभा-सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलिने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ। विभिन्न प्रकारका गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण जस्ता कार्यहरु सञ्चालन गर्दा बढिमा २५ जना सहभागी गर्न पाइनेछ। होटल, रेष्टुरेन्ट, फास्टफुड, खाजा तथा चिया पसलहरु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ। आज देखी लागुहुने निषेधाज्ञामा सिडिओको यस्तो छ आदेश