धनगढी। धनगढीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का बर्ष अन्दाजी २१ का प्रदिप भण्डारी र शुक्लाफाँटा नगरपालिका १० का बर्ष अन्दाजी २० का सुरेश ऐरलाई कैलाली प्रहरीले पक्राउ गरेको हो । मंगलबार शंकास्पद रुपमा हिडडुल गरी रहेको अवस्थामा धनगढी उप-महानगरपालिका ३ बोराडाँडीबाट प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए
उनका अनुसार उनिहरुको साथबाट ७ ग्राम गाँजा र प्लाष्टिक भित्र बेरी लुकाई छिपाई राखेको अवस्थामा ४१० मिलिग्राम लागुऔषध जस्तो देखिने रातो पदार्थ फेला परेको हो । सो लागु औषध बरामद गरी दुवै जनालाई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

