धनगढी। कैलालीमा जिल्लामा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाइएको छ। प्रसासनले साउन १ गतेसम्मलाइ निरन्तरता दिइएकोमा निषेधाज्ञालाई थप खुकुलो पार्दै जोरबिजोर हटाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा भनिएको छ । उनका अनुसार जिल्लाभित्र स्वास्थ्य मापदण्ड पालना गर्दै सिट क्षमताअनुसार यात्रु राखेर सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने छ। अन्य जिल्ला जान र अन्य जिल्लाबाट कैलाली आउनका लागि भने जिल्ला प्रशासन कार्यालयको स्वीकृती लिनुपर्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
यता सुन्दर सुदुरपश्चिम यातायात प्रालीका कार्यालय प्रमुख देवीलाल जोशीले प्रसासनको आदेश अनुसार भोली देखी सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाइएको छ, उनले भने । कैलाली जिल्लामा लागू गरिएको जोरबिजोर प्रणाली पुर्ण रुपमा हटेकोले निश्चीत स्वास्थ्य मापदण्ड अपनाएर भोली देखी सार्वजनिक यातायात चल्छन् । तर कैलाली जिल्लाबाट डोटी सिलगढीसम्म यातायात चल्छन् तर सुदुरपश्चिमका अन्य जिल्ला तथा काठमाण्डौँसम्म जानका लागी अझै कुनै जानकारी तथा आदेश नआएको उनले जानकारी दिए ।यस्तो छ, आदेश 

