धनगढी। कैलालीको गोदावरी नगरपालिका २ मा बेवारिसे अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ। गोदावरीको शर्मा स्टोर अगाडी अन्दाजी ४० बर्षका नाम र ठेगाना नखुलेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगोलियन मुलको जस्तो देखिने ती व्यक्तिको बारेमा प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले तत्काल उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा पुर्याएको थियो। त्यहाँ उपचार हुन नसकेपछि धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका व्यक्तिको शव सेती प्रादेशीक अस्पतालका शव गृहमा राखिएको छ।