धनगढी। धनगढी उपमहानगरपालिकामा अवदेखि विद्युतीय प्रणालीबाट राजस्व भुक्तानी गर्न सकिने भएको छ। अनलाइन विधुतिय प्रणालीबाट राजस्व भुक्तानी गर्न सकिने प्रविधीको एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशिला मिश्र भट्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। धनगढी उप महानगरपालिकाले आफ्ना हरेक कार्यलाई प्रविधिमैत्री बनाउँदै लगेको अवस्थामा सयमको माग र नगरबासीको आवश्यकताका आधार उपमहानगरपालिकाले प्रविधीमैत्री बनाउँदै लगेको हो।
जस अन्तरत आज यस उप महानगरपालिका कार्यालयको कर अनलाइन तथा खल्ती र कनेक्ट आई पि एस बाट जुनसुकै ठाउँबाट तिर्न सकिने ब्यवस्था लागु गरेको हो। यो प्रणाली सुदूरपश्चिम प्रदेश अन्तरगत पहिलोपटक यस उप-महानगरपालिकामा सञ्चालनमा ल्यायको हो।उप-महानगरपालिकामा तथा मातहतका वडा कार्यालयहरुमा कर बुझाउनुपर्ने प्रावधान रहँदै आएकोमा आजबाट अनलाइन प्रणालीबाट करदाताले धनगढी उपमहानगरपालिका कार्यालयको कर पोर्टलमा आफ्नो युजर बनाइ तथा खल्ती मोबाइल वालेटको मोबाइल एपबाट सहजै तिर्न सकिने जनाइएको छ।करदाता पोर्टल लिंक:– https://tax-dhangadhi.softechnp.com