धनगढी। कैलालीमा जारी निषेधाज्ञा असार २२ गतेसम्म निषेधाज्ञा लगाइएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा असार २२ गतेसम्म निषेधाज्ञा लगाइएको हो । अहिले जारी निषेधाज्ञामा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरीएको छ। भने भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ। होटल तथा पार्टी प्यालसेमा हुने विवाह ब्रतवन्धमा रोक लगाइएको छ। साथै सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न प्रसासनको आदेश छ। अब असार २३ गतेपछि भने निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारीमा प्रशासनले गरीरहेको छ।
अधिकांश क्षेत्र खुलिसकेको अवस्थामा बाँकी रहेका क्षेत्र पनि खोल्ने तयारी प्रशासनले गरेको हो । सबै तर २३ गतेपछि भने निषेधाज्ञालाई थप खुकुलो बनाउदै सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएकोमा २३ गतेदेखि जोरबिजोर हटाउनेबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। यस्तै २३ गतेपछि सार्वजनिक सवारी साधनसँगै होटेल रेष्टुरेन्ट पनि खोल्न दिने तयारीमा प्रशासन जुटेको छ । होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक–अवे सेवा मात्रै सञ्चालन गर्न पाइरहेका छन् । अब होटल पनि खोल्न दिने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।