धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालय उद्घाटन गरिएको छ । स्थानिय तहमा जनप्रतिनिधि निर्वाचित भएप्रश्चात भाडाका घरमा कार्य सम्पादन गर्दै आएको वडा नम्बर ८ ले अहिले आफ्नै सुविधासम्पन्न कार्यालय स्थापना गरेको हो । सोमबार वडा नम्बर ८ का अध्यक्ष नारायण बरालको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ ।
लामो समयदेखी भाडाका घरमा बसेर कार्य सम्पादन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ८ ले आफ्नै कार्यालय स्थापना गरेको छ । स्थानिय नागरिकको सहजता र आवश्यकताका आधारमा क्याम्पसचोक क्षेत्रमा निर्माण सम्पन्न गरिएको उक्त कार्यालय सोमबार औपचारीक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख नृप बहादुर वड रहनुभएको थियो भने विशिष्ट अथिति नगर उपप्रमुख सुशिला मिश्र भट्ट रहनुभएको थियो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, वुद्धीजिवी, नगर तथा वडाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
लामो समयको प्रयासपछि वडा नम्बर ८ ले आफ्नै कार्यालय स्थापना गर्न सकेकोमा खुसी लागेको नगरप्रमुख नृप बहादुर वडले बताउनुभयो । निर्माण सम्पन्न गर्नका लागि महत्वपुर्ण भुमिका खेल्ने वडा अध्यक्ष, ठेकेदारसँगै जग्गा उपलब्ध गराउनेहरुप्रति धन्यवाद दिँदै नगरप्रमुख वडले आफु निर्वाचित भएपछि १६ वटा वडा कार्यालय स्थापन गर्ने लक्ष नजिक पुगेको बताउनुभएको छ ।त्यस्तै आफ्नै कार्यालयमा बस्न र आफ्नै कार्यालयबाट कार्य सम्पादन गर्न पाएको खुसी लागेको वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताउनुभयो ।
त्यस्तै वडा कार्यालयकै छेवैमा धनगढी उपमहानगरपालिका र क्षेत्रिय शहरी विकास आयोजनाको संयूक्त लगानीमा वडा नं। ८ मा निशुल्क व्यायम केन्द्र स्थापना भएको छ । कोरोना महामारीको बेला सबै जना घरमै बस्नु पर्ने बाध्यताले तौल बढिरहेको साथै शारीरिक व्यायम नपुगेर शरिर अस्वस्थ्य भईरहेकोलाई नगरपालिकाले निशुल्क रुपले योग अभ्यास केन्द्र, योग केन्द्र तथा सार्वजनिक शौचालयको सञ्चालन गरेको वडा अध्यक्ष बरालले बताउनुभएको छ ।