धनगढी। युवासंघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बाबुराजा श्रेष्ठको नेतृत्वको टोलिले विद्युत आपूर्ति सहज बनाउने कुरामा आज नेपाल विद्युत प्राधिकरण धनगढी बितरण केन्द्र्मा ध्यानाकर्षण तथा छ्लफल गरेको छ । युवासंघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बाबुराजा श्रेष्ठको नेतृत्वको टोलिले आईतबार हिजो कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी लाई भेटेर ज्ञापन पत्र बुझाएकोमा फेरी आज नेपाल विद्युत प्राधिकरण धनगढी बितरण केन्द्र्का प्रमुख सुरेन्द्र चौधरीसंग विद्युत आपूर्ति सहज बनाउने कुरामा छ्लफल भएको जानकारी दिए।
विद्युत आपूर्ति अवरोध सहज र निरन्तरका लागी ५ ओटा बिषयमा सहमती भएको समेत जानकारी गराए । यस्तै उक्त बिषयमा धनगढी उपमहानगरमा हुने गरेको विद्युत आपूर्ति अवरोध सहज र निरन्तर तरिकाले आपूर्ति गर्ने कुरामा कार्यालय प्रमुख चौधरीले प्रतिबद्धता जनाएका छन् । विद्युत आपूर्ति अवरोध सहज र निरन्तरका लागी ५ ओटा बिषयमा सहमती अनुसार फिडर थप गर्ने सम्बन्धमा हाल ६ फिडर भएकोमा १० फिडरसम्म पुराउने, पुराना ACCR conductor wire हरु बिस्तारै परिवर्तन गर्ने, धनगढीमा भएका ट्रान्सर्फमरहरु नया बढी क्षमताको राख्ने, नो लाइट सेवा लाई २४ घन्टा चुरुस्त दुरुस्त राख्ने, विद्युतको नोलाइट संबंधितका जानकारी सामाजिक संजाल मार्फत पनि गराउने विषय मा सहमति भएको युवासंघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिएका छन् । 

युवासंघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीद्धारा विद्युत कटौती सम्बन्धमा धनगढी बितरण केन्द्रसंग छलफल,५ बिषयमा सहमती
युवासंघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीद्धारा विद्युत कटौती सम्बन्धमा धनगढी बितरण केन्द्रसंग छलफल,५ बिषयमा सहमती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

